२ कार्तिक २०८३, सोमबार

एम्बुलेन्स पहुँच नहुँदा सुत्केरी महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, २६ माघ । सडक र एम्बुलेन्स पहुँच नहुँदा डिल्लीचौर–२ लोर्पाकी २३ वर्षीया लालशोभा बुढाको हिजो सुत्केरी अवस्थामा अत्यधिक रक्तस्रावका कारण मुत्यु भएको छ ।

डिल्लीचौर उपस्वास्थ्य चौकीका अनमी शोभा खड्काका अनुसार तीन दिनदेखि घरमा सुत्केरी व्यथा लागेपछि चार दिनपछि मात्र स्वास्थ्यचौकी ल्याइएकाले राम्रोसँग सुत्केरी भए पनि अत्यधिक मात्रामा रक्तस्राव भएकाले जिल्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा रिफर गरिएको थियो ।

अनमी खड्काले सदरमुकामदेखि टाढा भएकाले र सडक एम्बुलेन्सको पहुँच नभएकाले शिक्षण अस्पतालमा पु-याउन नपाउँदै बाटोमा नै मृत्यु भएको बताउनुभयो ।

गत साउन महिनादेखि यस स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरमा ३७ को सुत्केरी गराइएको र आठजनालाई जिल्लास्थित शिक्षण अस्पतालमा सारिएको डिल्लीचौर उपस्वास्थ्य चौकीले जनाएको छ ।