२ कार्तिक २०८३, सोमबार

महिला सङ्घको अध्यक्षमा शर्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २६ माघ । नेपाल महिला सङ्घ बागलुङको अध्यक्षमा शकुन्तला शर्मा निर्वाचित हुनुभएको छ ।

आइतबार राति सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट शर्मा अध्यक्षमा विजयी बन्नुभएको हो ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास विफल भएपछि निर्वाचन गरिएको थियो ।

शर्माले २३७ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका संयोजक भूमिश्वर गौतमले बताउनुभयो ।

शर्माका प्रतिद्वन्द्वी गण्डकी थापा अधिकारीले १३३ मत प्राप्त गर्नुभएको थियो ।