२ कार्तिक २०८३, सोमबार

घरकी श्रीमतीलाई छाडेर बाहिरकी युवतीसंग पल्किदा…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-wifeपाँचथर, २५ माघ । लामो सयमदेखि बहुविवाह गरी फरार रहेका अभियुक्तलाई पाँचथर प्रहरीले आइतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले बहुविवाह मुद्दाका फरार अभियुक्तहरुलाई पक्राउ गरेको हो ।

जिल्ला अदालतबाट वहुविवाह मुद्दामा दोषी ठहर गरेपछि फरार भएका पाँचथर भारपा–९ का ३७ वर्षिय बुद्धराज योक्पाङ्देन र उनकै कान्छी श्रीमती सञ्जु तामाङ योक्पाङ्देनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक दीपक पोख्रेलका अनुसार लामो समयदेखी फरार अभियुक्तहरुलाई खोजतलासका क्रममा गाउबाटै पक्राउ गरिएको हो । दोस्रो विवाह गरेका योक्पाङ्देन विरुद्ध बहुविवाहमा जेठी श्रीमतीले मुद्दा दायर गरेकी थिईन् ।

उनीहरुलाई दोषी ठहर गर्दै जिल्ला अदालतले एक/एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेका दुवैलाई कारागार लगिएको छ ।