९ कार्तिक २०८३, सोमबार

यस्तो छ एमाले स्थायी कमिटी बैठकको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemaleकाठमाडौँ, २५ माघ । शनिवारदेखि सुरु भएको नेकपा एमालेको बैठकले आइतबार पनि विभिन्न निर्णय गरेको छ ।

आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले प्रतिपक्षी दललाई सहमति, सहकार्य र वार्तामा ल्याई संविधान लेखनमा सहभागी गराउने निर्णय भएको हो ।

एमाले पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा बसेको बैठकमा एकीकृत नेकपा माओवादी र मधेसी मोर्चालाई सहमतिमा ल्याउन प्रयत्न जारी राख्नुपर्ने र जनमतको सम्मान गर्न जतिसक्दो छिटो सहमतिका साथ संविधान निर्माण गर्नुपर्ने विषयमा छलफल भएको पार्टीका महासचिव इश्वर पोखरेलले जानकारी दिनुभयो ।

बैठकमा एमाओवादी र मोर्चालाई सहमतिमा ल्याउन पार्टी लचिलो भएर सहभागी हुनुपर्ने र जसरी पनि राष्ट्रिय राजनीतिलाई मिलाएर संविधान लेखनका विषयमा सहमति जुटाउनुपर्नेमा धेरै स्थायी कमिटी सदस्यहरुले जोड दिएको उहाँले बताउनुभयो ।

जतिसक्दो चाँडो संविधान बनोस् भन्ने जनताको चाहना रहेकाले एमाओवादी लगायत आन्दोलनरत पक्षले मुलुकमा अशान्ति र आन्दोलन गरेर अघि बढ्नु सही नभएको एमालेको ठहर छ ।

पार्टीको कार्य विभाजनका विषयमा पनि छलफल गरिने भए पनि राष्ट्रिय राजनीतिका विषयमा छलफल जारी रहेकाले र आगामी बैठकमा कार्यविभाजन लगायतका विषयमा छलफल गरिने पार्टीका सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । अर्को बैठक आगामी फागुन ३ गते बस्ने बताइएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल कांग्रेस एमालेकै पहलमा एमाओवादीलाई सहमतिमा ल्याउन प्रयास थाल्नुपर्नेमा जोड दिनुभएको थियो । प्रधानमन्त्री सुशील कोइरालाले आइतबारै विपक्षी दलहरुलाई सहमतिमा आउन आव्हान गरिसकेका छन् ।