२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीको वक्तव्यले हाम्रो मागलाई सम्बोधन गरेन् : एमाओवादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi-Prachanda-Baburam-Narayankaji

काठमाडौँ, २५ माघ । एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुनले प्रधानमन्त्री सुशील कोइरालाले निकालेको वक्तव्य सकारात्मक भएपनि वार्तामा बस्न नसकिने बताउनुभएको छ ।

आफूहरुको मागलाई वक्तव्यमा नसमेटिएकाले वार्तामा बस्न नसकिने स्पष्ट पार्नभएको हो । ‘हामीले माग गरेको सहमतिलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुभएको छैन्,’ उहाँले भन्नुभयो, ‘जब प्रक्रिया खारेज हुदैन तबसम्म वार्ता हुदैन ।’ यद्यपी उहाँले प्रधानमन्त्रीको आव्हान गर्नुभयो वार्ता प्रस्ताव सकारात्मक भएको बताउनुभयो ।

रिपोर्टस क्लव नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा उहाँले सत्तापक्षले प्रक्रियाको बाटोलाई रोके आफूहरु सडक आन्दोलन छाडेर वार्तामा आउने बताउनुभयो । उहाँले भन्नुभयो, “यो वक्तव्यले वार्ताको सम्भावनालाई प्रष्ट रुपमा देखाएको छैन, अपूर्ण छ तर ३० दलीय मोर्चाको बैठक बसेर आफ्नो आधिकारिक धारणा सार्वजनिक गछौँ ।”

बाह्रबुँदे सहमति र विगतका शान्ति सम्झौता कार्यान्वयन हुने वक्तव्य आए आफू वार्तामा बस्ने तर आन्दोलन रोक्नमात्र वार्ता गर्ने भए आफूहरु वार्तामा नबस्ने उहाँले बताउनुभयो ।

सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले प्रधानमन्त्रीकोे वक्तव्य झारा टार्ने भएको भन्दै तत्काल वार्तामा बस्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो “प्रधानमन्त्रीले निकालेको वक्तव्य हामीले राखेको माग सम्बोधन गर्ने खालको छैन ।”

उहाँले बहुमतीय आधारमा प्रश्नावली बनाएको भन्दै उक्त समिति खारेज नभएसम्म वार्तामा नबस्ने बताउनुभयो ।