२ कार्तिक २०८३, सोमबार

पथरी-काठमाडौं समाजको रक्तदान, २० पौण्ड रगत संकलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Blood donationकाठमाडौं, २५ माघ । रक्तदान जिवनदान भन्ने नाराका साथ पथरी काठमाडौं मैत्री समाजले शनिवार राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

शनिबार केन्द्रीय रक्तसंचार कार्यालय प्रर्दशनीमार्गमा समाजले रक्तदान गरेको हो । राजधानीमा रगतको अभाव भएकाले सहयोग स्वरुप रक्तदान गरी जिवन दान गरिएको पथरी काठमाडौं मैत्री समाजका सदस्य अशोक खनालले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता बसन्त भटराई, लक्ष्मी प्रसाद कोइराला लगायत ५० भन्दा बढीले रक्तदान गरेका थिए ।

केन्द्रीय रक्तसञ्चार कार्यालयका अनुसार रक्तदान कार्यक्रममा २० पौण्ड रगत संकलन भएको थियो । रक्तदान गर्ने सबै दाताहरुलाई सम्मान–पत्र दिएर सम्मानित गरिएको थियो ।