२ कार्तिक २०८३, सोमबार

विपक्षी दलहरुलाई वार्तामा आउन प्रधानमन्त्री कोइरालाको आव्हान (वार्ता-पत्रसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koiralaकाठमाडौं, २५ माघ । प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी सहितका ३० दलिय मोर्चालाई वार्तामा आउन आव्हान गर्नुभएको छ ।

संविधानसभा बैठक बहिष्कार गरेकार आन्दोलनको तयारीमा जुटेका एमाओवादी सहितका ३० दलिय मोर्चालाई प्रधानमन्त्री कोइरालाले आइतबार लिखित-पत्र मार्फत वार्ताको आह्वान गरेका हुन् ।

विगतका आन्दोलनको उपलब्धि संविधान भएकाले सबैले वार्तामा बसेर मिलीजुली संविधान जारी गर्नुपर्नेमा प्रधानमन्त्री कोइरालाले जोड दिनुभएको छ ।

‘म संविधानसभामा रहेका सबै राजनीतिक दल, तीनका नेताहरुलाई आव्हान गर्न चाहन्छु– आफ्नो राष्ट्र र जनताप्रतिको मूल कर्तव्यलाई ध्यानमा राखी हिजोका शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्री संगै मिलेर संविधान निर्माण प्रक्रियामा जुट्न तथा आवश्यक सहमति र समझदारी निर्माण गर्न सार्थक वार्ता सुरु गरौं,’ प्रधानमन्त्री कोइरालाद्धारा आव्हान गरिएको पत्रमा आग्रह गरिएको छ ।

विगत केही समयदेखि कायम रहेको सङ्क्रमणकाल लम्बिदै जाँदा मुलुक र जनताले हासिल गर्न सक्ने आर्थिक समृद्धिको संभावना समेत अन्योलमा परेको प्रधानमन्त्रीको ठहर छ ।

प्रधानमन्त्री सुशील कोइरालाले आव्हान गर्नभएको वार्ता–पत्र यस्तो छ । patra