२ कार्तिक २०८३, सोमबार

एमाओवादी मोर्चाको अवरोधले संविधान बनेन : नेता विष्ट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

diwan-bistaमहेन्द्रनगर, २५ माघ । नेपाली कांग्रेसका नेता (महासमिति सदस्य) तथा संविधानसभाका सदस्य दिवानसिंह विष्टले एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाको अवरोधका संविधान बन्न नसकेको बताउनुभएको छ ।

गृह जिल्ला कञ्चनपुरको बेलौरी नगरपालिकामा ट्रेड युनियन कांग्रेस सम्बद्ध श्रमिक संघद्धारा आयोजित कार्यक्रममा बोल्दै नेता विष्टले संविधानसभामा एमाओवादी र मधेशवादी दलले अवरोध गरेकाले माघ ८ मा संविधान आउन नसकेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘अनेकथरी बाहाना बनाएर एमाओवादी र मधेशीवादी दलले संविधानसभामा बाँझो हाल्ने काम गरे । जसका कारण देशले संविधान पाउन सकेन् ।’

संविधानसभाले प्रक्रिया अगाडी बढाइसकेको बताउदै उहाँले कुनै हालतमा पनि संविधान निर्माण कार्य नरोकिने जिकिर गर्नुभयो ।

सहमतिबाटै संविधान बनाउन आफूहरु तयार रहेको बताउदै एमाओवादी लगायतका दललाई वार्तामा आउन आग्रह समेत गर्नभयो ।

‘प्रक्रिया अगाडी बढिसक्यो, विपक्षी दलहरुले वार्तामा आउनुको विकल्प छैन्,’ उहाँले भन्नुभयो । संविधानमा सबैको अधिकार सुनिश्चित हुने उहाँले स्पष्ट पार्नभयो ।