९ कार्तिक २०८३, सोमबार

प्रश्नावली समिति खारेज गर्नुस, हामी दौडेर वार्तामा आउँछौं : अध्यक्ष ठाकुर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahanta-takurजनकपुर, २५ माघ । तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाका अध्यक्ष महन्थ ठाकुरले संविधानसभाले प्रश्नावली समिति खारेज गरेर दौडेर वार्तामा आउने बताउनुभएको छ ।

उहाँले सत्तापक्षले प्रश्नावली फिर्ता लिएमात्र वार्ता सम्भव हुने बताउनुभएको छ ।

आइतबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै अध्यक्ष ठाकुरले सहमतीय आधारमा संविधान बनाए मात्र वार्ता हुन सक्ने उल्लेख गर्नु भयो ।

उहाँले आन्दोलन आफ्नो ठाउँमा जारी नै रहने जिकिर गर्दै हाम्रो बटमलाइन भनेको लोकतान्त्रिक समावेशी र पहिचानसहितको संविधान भएकाले विवादित विषयमा सहमतीय आधारमा समाधान खोज्नुपर्छ भन्नुभयो ।

सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो – “मधेसको सम्बन्धमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिने गरेको अभिव्यक्ति आपत्तिजनक हो, त्यसकारण उहाँको अभिव्यक्तिको विरोध एमालेभित्रै हुने गरेको छ ।”

पछिल्लो केही दिनयता विभिन्न पार्टीको वार्ताका लागि टेलिफोनमा कुराकानी हुने गरेको उहाँले बताउनुभयो ।