२ कार्तिक २०८३, सोमबार

सीमा अपराध रोक्न दुई देशका सुरक्षा अधिकारी सहमत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

security-force

कञ्चनपुर, २५ माघ । सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोक्न नेपाल–भारतका दुवै सुरक्षा अधिकारी सहमत भएका छन् ।

पश्चिमी सीमा सहर गड्डाचौकी–बनबासामा शनिबार भएको छलफलमा नेपाल–भारत सीमा क्षेत्रबाट हुने मानव बेचबिखन, लागुऔषध ओसारपसार, हतियार र वन्यजन्तु ओसारपसारमा कडाइका साथ निगरानी गरिने निर्णय गरिएको छ ।

सीमा क्षेत्रका नागरिकसँग कसरी सम्बन्ध सुधार गर्ने, कसरी सहयोग गर्ने विषयमा पनि साझा धारणा बनाइएको छलफलमा सहभागी कञ्चनपुरका प्रजिअ कृष्णचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

“नेपाल–भारतका सुरक्षा अधिकारीबीच सँगैसँगै जाने निर्णय भयो”– उहाँले भन्नुभयो–“यो प्रयासले सीमा अपराध नियन्त्रण हुनेछ ।”

यसअघि भारतीय सशस्त्र सीमा बल एसएसबीले आफ्ना डेढ सय जवानलाई सीमा क्षेत्रमा नागरिकसँग गरिने व्यवहार, सुरक्षा चुनौती, जाँच, मानव बेचबिखन ओसारपसार रोक्नेलगायत विषयमा प्रशिक्षण दिएको थियो ।

छलफलमा सहभागी भारतीय सशस्त्र सीमा बल एसएसबीका प्रमुख सशस्त्र महानिरीक्षक आइजिपी श्याम सिंहले भारत र नेपालको सम्बन्ध सुधार पार्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

“नेपाल–भारत सम्बन्ध रोटीबेटीसँग जोडिएको छ”–उहाँले भन्नुभयो–“यसलाई अझै प्रगाढ बनाएर, भाइ–भाइ बनेर दुइटै देशका चुनौतीलाई दूर गर्नुपर्छ ।”