काठमाडौं, २५ माघ । राजधानीको भिमसेनस्थानस्थित अन्जु कस्मेटिक पसलमा शुक्रबार भारतीय जस्ता देखिने ब्यक्ति भित्र छिरे । केही समान किनेर तिनले एक हजारको नोट दिए ।
साहुनीले जव पैसा समातिन उनलाई फरक केही महसुस भयो । छाम्दा खस्रो जस्तो लागेपछि शंका भयो, कतै नक्कली त होइन .
उनले तत्कालै प्रहरीलाई खबर गरिन ।
तुरुन्तै आएको प्रहरीको जनसेवा युनिटले ती ब्यक्तिलाई पक्राउ गर्यो । उनको साथबाट प्रहरीले ४२ हजार नक्कली भारतीय रकम बरामद गर्यो ।
२ महिनायता राजधानीमै नक्कली नोट कारोवारी पक्राउ परेको यो दोस्रो पटक हो । यसअघि नयाँ बसपार्कबाट दाङका आशिष चौधरी पक्राउ परेको समाचार नागरिक दैनिक छापेको छ ।















प्रतिक्रिया