२ कार्तिक २०८३, सोमबार

यस्ता पनि प्रहरी, भष्ट्राचारीलाई सहयोग गर्दा आफै फन्दामा परे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepalpolice_902412077

– विश्वराज पछल्डङग्या

नेपालगन्ज, २४ माघ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुमन खरेललाई अख्तियारले नियन्त्रणमा लिन खोज्दा अबरोध गर्ने १३ जना प्रहरीलार्ई कारवाही गरिएको अंचल प्रहरी भेरीका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठले जनाएका छन् ।

अंचल प्रहरी कार्यालयले शनिवार पत्रकार सम्मेलन गरी ६ जनालाई निलम्बन र ७ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिइएको हो । श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत ६ जनालाई निलम्बन गरिएको छ भने दुई प्रहरी नायब निरीक्षकसहित ७ जनालाई नियन्त्रणमा लिइएको छ ।

निलम्वन पर्नेमा प्रहरी हवाल्दार इन्द्र बहादुर शाही, टेक बहादुर पुन, पूर्ण बहादुर बस्नेत, प्रहरी जवान पूर्ण महतरा, प्रकाश भण्डारी र रामबहादुर खत्री रहेका छन् । प्रहरी नायब निरीक्षक मिलन सिंह र अभय रावतसहित ७ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका एक जुनियर अधिकृतलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गर्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली र प्रहरीको टोली वीच नेपालगन्जमा शुक्रबार राति घम्साघम्सी भएको थियो ।

अख्तियारले शुक्रबार राती जिल्ला प्रहरी कार्यालय बाँकेका घुमुवा इन्चार्ज प्रहरी नायब निरीक्षक सुमन खरेललाई घुस लिँदालिँदै नियन्त्रणमा लिएपछि ति प्रहरीले छुटाउन प्रयास गरेको अनुसन्धानले देखाएको छ ।

राती नेपालगन्जको धम्बोझीस्थित क्रसरोड होटलमा २५ हजार घुससहित रंगेहात नियन्त्रणगर्ने क्रममा अख्तियारको फन्दामा परेका प्रहरी नायव निरीक्षक (सई) खरेलका समर्थक र अख्तियारको टोली बीच करिब तीन घण्टासम्म घम्साघम्सी चलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरले जनाएको छ ।

मुद्धा मिलाईदिन्छु भन्दै सई खरेलले पटक/पटक घुस लिएको गुनासो आएपछि अख्तियारको टोली उनी बसेको क्रसरोड होटलमा छापा मार्न पुगेको थियो । कोहलपुरस्थित सम्पर्क कार्यालयको टोलीले सई खरेललाई घुससहित रंगेहात पक्राउ गरेपछि उनका समर्थक करिब ५० जनाको संख्यामा आएका समूह अख्तियारको टोलीमाथि घेरा हालेको थियो ।