२ कार्तिक २०८३, सोमबार

मध्यपश्चिम काउन्सिलमा डिएलएका रोकाय पार्षदमा विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विश्वराज पछल्डङ्ग्या
नेपालगञ्ज, २४ माघ । नेपाल बार काउन्सिलको पार्षदमा मध्यपश्चिमबाट वीर वहादुर रोकाय विजयी भएका छन् । काउन्सिलको शनिवार भएको मतदानमा पेशागत तथा संयुक्त प्रगतिशील समूहका अनिरुद्र गिरीलाई पराजित गरि डेमोक्रेटिक लयर्स एशोसियशनका रोकाय विजयी भएका हुन् ।

पछिल्लो मत परिणाम अनुसार नेपालगन्ज मतदान केन्द्रमा २ सय ५५ मत खसेकोमा रोकायले १ सय ६६ र गिरीले ८९ मत पाए । नेपालगन्ज मतदान केन्द्रमा ३ सय ९ मतदाता रहेकोमा ५१ मत नसकेको निर्वाचन अधिकृत केवलसिंह थारुले जानकारी दिए ।

त्यसैगरि, दाङमा १ सय ३० मत खसेकोमा रोकायले ५६ र गिरीले ७४ मत प्राप्त गरेको कानून ब्यवसायी मौसम आचार्यले जानकारी दिए । दाङमा डिएलए आवद्ध कानून ब्यवसायीले प्रगतिशीलका उम्मेदवार गिरीलाई मतदान गरेका कारण उनी दाङमा अगाडी आएका हुन् ।

सुर्खेतमा पनि रोकायको पक्षमा धेरै मत खसेको छ । कुल ४७ मत खसेकोमा २५ मत रोकाय र २२ मत गिरीले पाएको कानून ब्यवसायी रामबाबु विसीले बताए ।

मध्यपश्चिम क्षेत्रमा कुल ५ सय १७ मतदाता रहेकोमा ४ सय ३२ मत खसेको थियो । यसअघिको निर्वाचनमा पनि डेमोक्रेटिक लयर्स एशोसियशन (डिएलए) का अब्दुल अजिज मुसलमानले जितेका थिए ।