२९ आश्विन २०८३, बिहिबार

नेपाल आर्मीले जित्यो माइभ्याली गोल्डकपको उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballमाइभ्याली गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ । शनिवार भएको फाइनलमा थ्रीस्टार क्लबलाई ‘सडन डेथ’मा पराजित गर्दै आर्मीले लगातार दोस्रो उपाधि जितेको हो । सो जितसँगै आर्मी रु तीन लाख हात पार्न सफल भएको छ ।

निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फ गोल नभएपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि नतिजा नआउँदा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । ‘टाइब्रेकरमा ४–४ को बराबरी भएपछिको ‘सडन डेथ’मा थ्रीस्टारका कप्तान सागर थापा गोल गर्न चुकेपछि आर्मीले बाजी मारेको हो । उपविजेता थ्रीस्टारले रु एक लाख ५० हजारमै चित्त बुझाउन बाध्य हुनुपरेको छ ।