काठमाडौं, २४ माघ । नेकपा एमालेका नेता माधवकुमार नेपालले विधि र प्रक्रियाबाटै संविधान लेखनको काम अघि बढने भएकाले प्रतिपक्षीलाई पनि त्यसमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
जनताले अहिलेको आन्दोलनलाई नस्विकार्ने भन्दै उहाँले सहमतिमा आएर संविधान निर्माण प्रक्रियामा सहभागि हुन विपक्षी दलहरुलाई आग्रह गर्नभयो । ‘संविधान निर्माणका लागि लोकतान्त्रिक माध्यम, विधि र प्रक्रिया नै चाहिन्छ,’ उहाँले भन्नुभयो, ‘त्यस्तो संविधान जनताको हितमा हुन्छ ।’
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको कार्यक्रमलाई शनिवार उद्घाटन गर्दै उहाँले विधि र प्रक्रियाबाटै संविधान लेखनको काम अघि बढने भएकाले प्रतिपक्षीलाई पनि त्यसमा सहभागी हुन आग्रह गर्नुभयो ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले नेपाली जनताको जनमतको कदर गर्दै आन्दोलनलाई स्थगित गरेर मुलुकको भविष्यका लागि संविधान लेख्नमा ध्यान दिन प्रतिपक्षी दललाई आग्रहसमेत गर्नुभयो ।
युवा देशको मूल जनशक्ति भएको चर्चा गर्दै नेता नेपालले मुलुकको विकास र उन्नतिमा युवाको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।















प्रतिक्रिया