९ कार्तिक २०८३, सोमबार

संविधानसभा विघटन गरी सर्वपक्षीय वार्ता आवश्यकः अध्यक्ष वैद्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baidya-moistकाठमाडौँ, २४ माघ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले अहिलेको संविधानसभाले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न नसक्ने भन्दै संविधानसभा विघटन गर्न माग गर्नुभएको छ ।

उहाँले संविधासभा विघटन गरी सर्वपक्षीय, सर्वदलीय गोलमेच सम्मेलन गरेर अगाडि बढ्नुपर्ने माग गर्नुभएको हो । भागवत्नरसिंह प्रधानद्वारा लिखित थँ वहिल विक्रमशील महाविहार ‘कमलपोखरी’ (भाग–१) को शनिवार विमोचन गर्दै उहाँले वर्तमान संविधानसभाले युगौँदेखि उत्पीडनमा पारिएका समुदायको अधिकार सुनिश्चित गर्न नसक्ने हुँदा त्यसलाई विघटन गरी सर्वपक्षीय, सर्वदलीय गोलमेच सम्मेलन गरेर अगाडि बढ्नुपर्ने माग गर्नुभयो ।

अध्यक्ष वैद्यले आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, मधेसीलगायत उत्पीडनमा पारिएका समुदायको अधिकार सुनिश्चित गरी संविधान जारी गर्नुपर्ने धारणा समेत राख्नुभयो ।