२ कार्तिक २०८३, सोमबार

काभ्रेका युवाले बनाए छुट्टै व्यवस्थापिका संसद, नयाँ संविधान बनाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

youth_parliament

– नारायण पौडेल
काभ्रे २४ माघ । काभ्रेको धुलिखेलमा युवा–व्यवस्थापिका संसद बैठक सुरु भएको छ ।

सिमान्तकृत युवाहरुको अर्थपुर्ण सहभागीता, समावेशी लोकतन्त्रको सफलता भन्ने नारा सहित आयोजित युवा–व्यवस्थापिका संसदमा १६ जिल्लाका ८० जना सिमान्तकृत समुदायका युवायुवतीहरुको सहभागिता छ ।

तीन दिनसम्म चल्ने संसदमा उनीहरुले समावेशी लोकतन्त्रको उत्कृष्ठ अभ्यास गरिरहेका छन् । उनीहरुले निर्वाचन प्रक्रियाद्धारा सभामुख, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलको नेता देखि सचेतकसम्ममा समावेशी अनुहारहरुलाई छानेका हुन् ।

सभामुखमा जनजातिकी छोरी पुजना राईलाई चयन गरे भने प्रधानमन्त्रीमा पनि जनजातिकै छोरा डेन्डिजन लामालाई निर्वाचित गरे । उपसभामुखका रुपमा पनि उनीहरुले दलितका छोरा गणेश बिकलाई जिम्मेवारी सुम्पिए ।

youth mock _img

मधेशी समुदायले राज्यका निकायहरुमा उत्पीडन भोगिरहेको गुनासो आईरहेको अवश्थामा युवा संसदहरुले मुकेश शाहलाई प्रतिपक्षी दलको नेताका रुपमा चयन गरेका छन् । युवा व्यवस्थापिका संसदमा सत्ता पक्षको प्रमुख सचेतकको भुमिकामा विश्वराज अधिकारी चुनिएका छन् ।

अधिकारी ब्राह्मणका सन्तान मात्रै नभएर यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको समेत प्रतिनिधित्व गर्छन् । दलितकी छोरी पुष्पा सुनार प्रतिपक्षी दलको प्रमुख सचेतक बनेकी छिन् ।

युवा व्यवस्थापिका संसदमा मन्त्रीहरुको चयनमा समेत समावेशी अनुहार परेका छन् । गृह मन्त्रीका रुपमा उज्वल जिमा श्रेष्ठ निर्वाचित भए भने श्रम तथा रोजगार मन्त्रालय हाक्ने जिम्मेवारीमा मुस्लिम समुदायबाट आरिफ सल्मानी छानिए ।

उनीहरुले लोकतन्त्रलाई समावेशी र दिगो बनाउन युवाहरुलाई राजनीतिक चेतना बाँढ्नु पर्ने धारणा राखेका छन् । प्रधानमन्त्रीमा निर्वाचित डेण्डिजन लामाले युवा व्यवस्थापिका संसदलाई पहिलो पटक सम्बोधन गर्दै समावेशीता र लोकतन्त्रलाई युवाहरुको सक्रिया सहभागीताले दिगो बनाउने धारणा राखे ।

युवाहरुको शक्ति र क्षमताको मुल्यांकन गर्न नसकिएकाले देशले दुर्गति भोग्नु परेको धारणा समेत राखे । उनले राजनीतिक नेतृत्वले उचित काम गर्न नसकेकाले देशको पहिचान धरापमा परेकोको दाबी समेत गरे ।

प्रधानमन्त्री लामाले दैनिक हजारौं युवा खाडी मुलुकमा जानु पर्ने बाध्यताको अन्त्य गर्नु पर्ने समेत बताए । सम्भावनाहरुलाई सदुपयोग गर्ने देशको तिब्र विकासमा प्रयोग गर्नु पर्ने धारणा समेत राखेका थिए ।

संसदको पहिलो सत्रलाई सम्बोधन गर्दै विपक्षी दलका नेता मुकेश शाहले देशलाई शसक्त युुवा नेतृत्वको आवश्यकता रहेको धारणा समेत राखेका थिए । उनले युवा शक्तिलाई सदुपयोग गराउन नसक्ने मुलुकले कहिल्यै प्रगति गर्न नसक्ने धारणा समेत राखे ।

विपक्षी दलका नेता शाहले राजनीतिमा केहि मानिसहरुको हालीमुहाली रहेको र अब त्यसलाई चिरेर संघियता मार्फत स्थानिय स्वशासन कायम गराउनु पर्ने धारणा समेत राखेका थिए ।