९ कार्तिक २०८३, सोमबार

संविधानसभाले ‘हतियार प्रहार’ गर्दा भाग्न बाध्य भयौंः नेता डा. भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattaraiबुटवल, २४ माघ । एकीकृत माओवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभारुपी हतियारले आफूहरुलाई नै प्रहार गर्न खोजेकाले भाग्न बाध्य भएको बताउनुभएको छ ।

संविधानसभा आफूहरुको एजेन्डा भए पनि त्यसका विरोधीले आफूहरुको एजेन्डा खोसेर संविधानसभारुपी हतियारले आफूहरुलाई नै प्रहार गर्न खोजेकाले त्यहाँबाट भागेर जनताका बीचमा गएको उहाँको भनाई थियो ।

शनिवार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले जनताको मत अनुसार संविधानरुपी हतियारलाई परास्त गरेरै छाड्ने बताउनुभयो । ‘जनताको आदेश पर्खेर बसेका छौं,’ उहाँले भन्नुभयो । भट्टराईले सत्तारुढ दलबाट हिजोका गल्तीलाई सच्याउँदै अगाडि बढाएको प्रक्रियाको काम रोके वार्ताको वातावरण बन्नसक्ने बताउनुभयो ।

संविधान प्रक्रिया नभई अन्तरवस्तुका आधारमा बनाउनुपर्ने जिकिर गर्नुभयो । नेता भट्टराईले प्रश्नावली समिति बनाएर मतदानको प्रक्रिया अगाडि बढाइएकाले वार्तामा बस्नुको औचित्य नभएको पनि बताउनुभयो ।

यद्यपि काँग्रेस एमालले एमाओवादीसहितको मोर्चा वार्तामा आए प्रक्रिया रोकिने जनाउ दिइसकेका छन् । काँग्रेस एमालले आफूहरुलाई एक्ल्याएर जबर्जस्ती बहुमतीय पद्धतिमा संविधान ल्याउन खोजेको आरोप लगाउँदै उहाँले भन्नुभयो– “एकपक्षीय रुपमा बल मिचाइ गरेको कुनै देशको इतिहास छैन ।”

अहिले देखिएका राजनीतिक जटिलता कसरी अन्त्य गर्ने भन्ने विषयमा जनमत बुझ्न र आफ्ना कुरा जनतालाई बुझाउनका लागि पार्टीले आफूलाई पश्चिममा कमाण्ड गर्न खटाएकाले जनताको माझमा आएको उहाँले बताउनुभयो ।

एमाओवादी घोषणा गरेको पश्चिम कमाण्डअन्तर्गत भट्टराईको बुढीगण्डकीदेखि महाकालीसम्म कार्यक्षेत्र पर्दछ।