१ कार्तिक २०८३, आइतबार

बिहे गरेको २४ घण्टामै पति बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । नेपालगञ्जको बागेश्वरी मन्दिरमा परम्पराअनुसार नै विवाह भएको थियो।बिहेमा केटी पक्षका सबै उपस्थित थिए।केटा पक्षका थिएनन्।

मन्दिर ब्यवस्थापनको नियमअनुसार नै ५ सय १ रूपैयाँ रसिद काटेर माघ १५ गते विवाह भएको थियो।बिहेमा दुलाहा(दुलही धेरै खुसी देखिन्थे।

काठमाडौं बस्दा प्रेम कस्सिएपछि बिवाह गरेका श्याम र सीता (नाम परिवर्तन)को अनुहारमा मुस्कान नहुने कुरै भएन। तर सीताको चन्द्रमा जस्तो मुहारमा २४ घन्टा नबित्तै ग्रहण लागेको छ।

पति श्यामलाई घर परिवारले बेपत्ता बनाएपछि सीता आँशुको भेल बगाउँदै उनको खोजिमा छन्।

श्यामलाई कोहलपुरबाट घर परिवारले लगेर सम्पर्कविहिन बनाएको नेपाल समाचार पत्र दैनिकले छापेको छ।

२२ वर्षीया श्यामको ६ महिनाअघि नै बर्दियाबाट बिबाह भइसकेको घरपरिवारको भनाइ छ। घर परिवारको यो भनाइलाई सीता मान्न तयार छैनन्।