१ कार्तिक २०८३, आइतबार

एमाओवादीले प्रतिकार गर्न स्वयं सेवक फोर्स गठन थाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi-Prachanda-Baburam-Narayankajiकाठमाडौं, २४ माघ । एकीकृत माओवादीले आन्दोलनमा दमन भए प्रतिकार गर्न भन्दै स्वयं सेवक फोर्स गठन गर्न थालेको छ।

शुक्रबार इटहरीमा भएको पूर्वाञ्चलस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा दोस्रो निर्वाचनमा युवादस्ता वाइसीएल नभएकै कारण नतिजा आफ्नो पक्षमा नआएकाले स्वयंसेवक फोर्स अनिवार्य भएको बताएको समाचार नागरिक दैनिकले छापेको छ।

‘हामीले चाह्यौं भने एक महिनामा दशलाख सेना बनाउन सक्छौँ’ उनले कार्यकर्तालाई हस्यौउँदै भने ‘पहिलो संविधान निर्वाचनमा वाइसीएलको भूमिका राम्रो थियो, दोस्रोमा भएन।’

पार्टीलाई जहिलेसुकै स्वयंसेवक आवश्यक पर्ने भएकाले माथिल्लो निकायदेखि तल्लो निकायसम्म युद्धस्तरमा दस्ता गठन गर्न समेत उनले निर्देशन दिए।