९ कार्तिक २०८३, सोमबार

सहमति नभए प्रक्रियाबाटै संविधान आउँछ : उपप्रधानमन्त्री सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakashman-singhमेलम्ची, २३ माघ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको पहिलो नगर परिषद् कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सहमति नभए प्रक्रियामा गएर भए पनि संविधान ल्याउने बताउनुभएको छ ।

नेपाली काँग्रेसका महामन्त्रीसमेत रहनु भएका सिंहले राजनीतिक स्थायित्वका लागि लिखित लोकतान्त्रिक संविधान जरुरी रहेको पनि बताउनुभएको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री सिंहले अहिले राजनीतिक स्थायित्व नभएकै कारण देश विकास हुन नसकेकाले राजनीतिक स्थायित्व र देश विकासका लागि पनि संविधान चाँडै आउनुको विकल्प नभएको बताउनुभयो ।

उप्रधानमन्त्री सिंहले भन्नुभयो–“राष्ट्रिय राजनीति अहिले सङ्क्रमणकालबाट गुज्रिएको छ, यसको अन्त्य जतिसक्दोे छिटो हुन सकेमा देश विकासमा फड्को मार्ने छ ।” उप्रधानमन्त्री सिंहले देश विकासका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि लोकतान्त्रिक संविधान निर्माण अनिवार्य भएको धारणा राख्नुभएको थियो ।