काठमाडौं, २३ माघ । पेट्रोलियम पदार्थको भाउँ निरन्तर घटेपनि यातायात व्यवसायीले गाडी भाडा घटाउन मानेका छैनन् । गाडी भाडा नघटाएपछि विद्यार्थीहरुको आन्दोलनको समय आइपुगेको छ । प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले आन्दोलनको नेतृत्व लिने भएको हो ।
एमाओवादीले संविधानसभा विरुद्ध आन्दोलन गरिरहेको बेला क्रान्तिकारीले सर्वसाधारणको सहुलियतका लागि आन्दोलन गर्न लागेको हो । यसै सिलसिलामा क्रान्तिकारीको नेतृत्वमा १३ विद्यार्थी संगठनहरुले सार्बजनिक यातायातका भाडा घटाउन माग गर्दै यातायात व्यवस्था विभागलाई ज्ञापनपत्र बुझाएका छन् ।
शुक्रबार क्रान्तिकारी सहितका विद्यार्थी संगठनहरुले विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल गाडी भाडा नघटाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
८ बुँदे ज्ञापनपत्रमा डेढ महिनाको अवधिमा डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटिसकेकोले तत्काल गाडी भाडा घटाएर जथाभावि भाडा लिनेहरुलाई कारवाही गर्न माग गरेको छ । यातायात कार्यालयले कुनै पहल नचाले आफै भाडा न्युन बनाउने चेतावनी समेत दिएका छन् ।
सार्बजनिक यातायातको भाडा दर सहितको नागरिक बडापत्र सार्बजनिक स्थलहरुमा राख्नुपर्ने
यातायात सेवा सुरक्षित र भरपर्दो बनाउन तथा ४५ प्रतिशत विद्यार्थी सहुलियत पूर्णरुपले लागु गर्न माग गरिएको छ ।
तत्काल आफ्नो मागमा कुनै चाँसो नदेखाइए कडा आन्दोलन गर्ने चेतावनी विद्यार्थी संगठनले विभागलाई दिएको छ । पछिल्लो समय गाडी भाडा घटाउन यातायात व्यवसायीले मानेका छैनन् ।















प्रतिक्रिया