काठमाडौं, २३ माघ । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले देशमा चार महिनाभित्रै संविधान जारी हुने बताउनुभएको छ ।
संविधानसभाले आगामी चार महिनाभित्रै संविधान दिनेगरी कार्य सुरु गरेको जानकारी दिदै उहाँले दलहरुबीच पनि चाडै सहमतिको वातावरण सिर्जना हुने दाबी गर्नुभयो ।
‘सबै दलहरु अब संविधान बनाउन ढिलो गर्नुहुदैन भन्ने पक्षमा छन्,’ उहाँले भन्नुभयो, ‘विपक्षी दलहरु पनि केही दिनभित्रै सहमतिमा आएर देशले आगामी चार महिनाभित्रै संविधान पाउछ ।’
शुक्रबार राजधानीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को दुईदिने दोस्रो साकोस शिखर गोष्ठीको उदघाटन गर्दै गृहमन्त्री गौतमले चार महिनाभित्रै नेपाली जनताले चाहेको जस्तो संविधान पाउने बताउनुभएको हो । नयाँ लोकतान्त्रिक संविधान जारी गरेर मुलुकले नयाँ गति लिने उहाँको विश्वास छ ।
संविधान निमार्णको काम सूरु भईसकेकाले सवै राजनीतिक दलहरुको सहमति भए सहमतिमा र नभए अधिकतम सहमतिका आधारमा संविधान बनेरै छाड्ने उहाँको कथन थियो ।
राजनीतिक अन्यौलताका कारण उद्योग, कलकारखाना, लगानी विस्थापित हुदै गएको बताँउदै उहाँले संविधान जारी गरी निकट भविष्यमा मुुलुकलाई आर्थिक समृद्धिको बाटोमा डोर्याउनुपर्ने धारणा राख्नुभयो ।
















प्रतिक्रिया