९ कार्तिक २०८३, सोमबार

कांग्रेस एमालेको दम्भले जनता आन्दोलनमा उत्रिए : प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoist leader Prachanda gestures during a rally in Katmandu, Nepal, Friday, May, 30, 2008. Nepal's government formally told the Himalayan nation's deposed monarch Friday to vacate the royal palace within the next two weeks, and a palace official said the king was preparing to move to his palatial private home in Katmandu. (AP Photo/Binod Joshi)

काठमाडौं, २३ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको घमण्डले आन्दोलन निम्त्याएको अरोप लगाउनुभएको छ ।

शुक्रबार विहान सञ्चारकर्मीसंग कुराकानी गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले सहमतिबाटै संविधान बनाउन चाहेको बताउदै नेपाली कांग्रेस र नेकपा एमालेको दम्भले आन्दोलन निम्त्याएको अरोप लगाउनुभएको हो । उहाँले भन्नुभयो, ‘काँग्रेस र एमालेका दम्भका कारण बाध्य भएर आन्दोलनमा जानुपर्‍यो, सहमतिलाई आगाल्ने प्रयास सत्ता पक्षबाट भए वार्ता हुन सक्छ ।’

सहमतिका आधारमा संविधान जारी हुने अवस्था आएपछि सत्ताधारी दलले जबर्जस्ती प्रक्रिया अगाडि बढाउन खोजेको र विगतका सहमति तथा सम्झौताको मूल मर्म तथा मान्यतालाई लत्याएको आरोप प्रचण्डको छ । संविधानसभालाई बहुमतको खेल बनाएका कारण जनताका सामु जानुपर्ने आवश्यकता भएको अध्यक्ष दाहालको भनाइ थियो ।

‘यो जनताको बाध्यता हो, जनताले बन्द हड्ताल नहोस भन्ने चाहन्छन्, तर सत्तापक्षको जबरजस्तीले आन्दोलन गर्न बाध्य पार्‍यो,’ उहाँले भन्नुभयो । सत्तारुढ दलले वार्ताका लागि पहल गर्दै बहुमतीय प्रक्रियालाई रोक्ने विश्वास दिलाए आफूहरु वार्ताका लागि अझै तयार रहेको उहाँको भनाई थियो ।

सत्ताधारी दलले परिणाममुखी वार्ताका लागि पहल गरे त्यसका लागि एमाओवादी र सम्बद्ध मोर्चा संवादका लागि तयार रहेको र आन्दोलन रहर नभई बाध्यता भएको बताएको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो ।