२ कार्तिक २०८३, सोमबार

शिवरात्रि पर्वको पूर्वसन्ध्यामा पशुपतिमा ३ सय सौर्य बत्ती जडान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Solar-Power

काठमाडौँ, २३ माघ । पशुपति क्षेत्र विकास समितिले पाशुपत क्षेत्र आसपासका सडकखण्डमा ३०० वटा सौर्य बत्ती जडान गरेको छ ।

आसपासका सडक बत्तीलाई रातभर बाल्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणको सहयोगमा ती बत्ती जडान भएको हो ।

विशेष किसिमको सफ्टवेयर जडान गरी स्वचालित ढङ्गले साँझको समयमा बल्ने तथा बिहान उज्यालो भएपछि निभ्ने व्यवस्था मिलाइएको छ । यही फागुन ५ गते शिवरात्रिदेखि ती बत्ती बाल्नका लागि तयारी भएको कोषका सदस्य–सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।

पशुपतिनाथको मन्दिर क्षेत्र तथा तिलगङ्गा, पिङ्गलास्थान, गौशाला, भाष्मेश्वर घाट, कैलाश, गुहेश्वरीलगायतका क्षेत्रमा अब रातभर झलमल उज्यालो हुनेछ ।

कोषले लामो अध्ययन तथा गृहकार्यपछि करिब एक वर्ष अघिदेखि त्यस क्षेत्रमा बत्ती जडान सुरु गरिएको थियो ।

अहिलेसम्म मन्दिर तथा घाट क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले २४सै घन्टा विद्युत्को व्यवस्था गरेका कारण सो क्षेत्र मात्रै उज्यालो छ । विद्युतीय भार कटौतीको समस्याले अन्य स्थान अँध्यारो हुँदै आएकाले सौर्य बत्ती जडान गर्न लागिएको कोषका सदस्य–सचिव टण्डनले बताउनुभयो ।