२९ आश्विन २०८३, बिहिबार

शाहरुखको थप्पडबाट घाईते र्‍याप सिङ्गर हनी सिंह ठिक भए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shahrukh-honeysingh

मुम्बई । शाहरुख खानको थप्पडबाट घाइते भएर अस्पताल भर्ना भएका र्‍याप सिङ्गर हनी सिंह उपचार गरेर घर फर्किएका छन् ।

२ महिनाको उपचारपछि र्‍याप सिङ्गर हनी सिंह घर फर्किएका हुन् ।

बलिउड बजारमा उनी हराएको समाचार समेत आएको थियो । तर र्‍याप सिङ्गर हनी सिंहले शाहरुखले थप्पड नहानेको र डिप्रेशन बढेर अस्पताल गएको बताएका छन् ।

उनले फेसबुक पेजमा भनेका छन् म जहाँ छु ठिक छु । एक कार्यक्रममा विवाद हुदा बलिउड किङ्ग शाहरुख खानले र्‍याप सिङ्गर हनी सिंहलाई थप्पड हानेका थिए । शाहरुखको थप्पडले र्‍याप सिङ्गर सिंह अस्पताल भर्ना भएको बताइएको थियो ।

यस बारेमा शाहरुख खानले केही प्रतिक्रिया दिएका छैनन् । शाहरुख अहिले चलचित्र सुटिङमा व्यस्त छन् ।