२ कार्तिक २०८३, सोमबार

हत्या गरी जङ्गलमा फालिएको शव बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, २३ माघ । नवलपरासी जिल्लाको दाउन्नेदेवी जङ्गलमा हत्या गरी फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

बर्दघाट–४ स्थित पूर्व–पश्चिम लोकमार्गदेखि ४० फिट तल जङ्गलमा सो शव फेला परेको प्रहरीले जनाएको छ ।

पाँच फिट उचाइ, मङ्गोलियन अनुहार र अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको छ । शवको सनाखत अझै हुन सकेको छैन । शब बिहीबार फेला परेको हो ।

घाँटीमा लामो डोरीसहित फेला परेकी महिलालाई कतैबाट हत्या गरी ल्याएर जङ्गलमा फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

वास्तविक घटनाको पहिचानका लागि महिलाको हत्या कसरी र कसले गरेको हो भन्ने घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।