२ कार्तिक २०८३, सोमबार

आफ्नो तौल बराबरको पैसा दान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Coin Sikkaनुवाकोट, २३ माघ । नुवाकोटको लिखु गाविसका शिवप्रसाद खतिवडाले ८५ औं जन्मोत्सवका अवसरमा आफ्नो तौल बराबरको नगद सिक्का महेन्द्र उच्चमाविलाई प्रदान गर्नुभएको छ ।

मृत्युपछि भगवान् इन्द्रको आसन पाउने विश्वासमा विद्यालयलाई आफ्नो तौल ५४ किलो बराबर हुन आउने १७ हजार ५०० सिक्कादान गरेको खतिवडाले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका संस्थापक सदस्यसमेत रहनुभएका उहाँले जीवनको आधा उमेरदेखि सङ्कलन गर्दै आएको सिक्का आफ्नो तौल बराबर पु¥याउँदै विद्यालयलाई दान गर्नुभएको हो ।

समाजसेवी खतिवडाले दान गर्नुभएको नगदबाट विद्यालयको स्तरोन्नतिमा ठूलो राहत पुगेको भन्दै विद्यालयले उहाँलाई अभिनन्दनसमेत गरेको छ ।