काठमाडौं, २३ माघ । डिफेन्डिङ च्याम्पियन नेपाली सेनादोश्रो नेपाल टेलिकम कप खुला राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगितामा लगातार दोश्रो जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सेना समूह ‘ए’ को विजेता बन्यो ।
लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बिहीबार भएको लिग खेलमा सेनाले मध्यमाञ्चललाई ४८–१५ ले पराजित ग-यो । सेनाका अमर श्रेष्ठले १० गोल गरे ।
नेपाल टेलिकमको ११ औं वार्षिकोत्सवका अवसरमा नेपाल ह्यान्डबल संघद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा एपीएफ क्लब र पश्चिमाञ्चलविजयी भए ।
एपीएफले पूर्वाञ्चललाई ३३–१० ले हराउदै लगातार दोश्रो जित दर्ता ग-यो । एपीएफका मनोज ठगुन्नाले ८ गोल गरे ।पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चलमाथि ५०–१३ को सहज जित दर्ता ग-यो ।













प्रतिक्रिया