काठमाडौं, २३ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएर काम गरिरहेका सबै गैरसरकारी संस्था (एनजीओ) माथि निगरानी थालिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले संस्था सूचना प्रणाली सफ्टवेयर विकास गरी सबै गैरसरकारी संस्थाका बारेमा कडा निगरानी र अनुगमन गर्न थालेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले संस्था सूचना प्रणालीमार्फत गैरसरकारी संस्थाका बारेमा निगरानी र अनुगमन थालिएको जानकारी दिए ।
दर्ता भएर लामो समयदेखि काम गरिरहेका, तर नियमअनुसार प्रशासन कार्यालयमा नवीकरण नगरेका गैरसरकारी संस्थाका बारेमा अनुगमन थालिएको अर्यालले बताए ।
जिल्ला प्रशासन कार्यालयले अब संस्था दर्तादेखि नवीकरण, प्रमाणपत्र र विधानसमेत सूचना प्रमाणलीमा समावेश गर्ने गरी सफ्टवेयर सञ्चालनमा ल्याएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
संस्था दर्ता शाखाका नायव सुव्बा शिवप्रसाद गौतमले अब जुनसुकै संस्थाको जानकारी कम्प्युटरबाट पत्ता लगाउन सकिने र अनुगमन गर्नसमेत सहज हुने जानकारी दिए ।















प्रतिक्रिया