२ कार्तिक २०८३, सोमबार

अन्तर्राष्ट्रिय अवार्ड जितेर स्वदेश फर्किए एमाले नेता नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal

काठमाडौँ, २२ माघ । नेकपा एमालेका नेता माधवकुमार नेपाल युनिभर्सल पिस फेडरेसनको आयोजनामा फिलिपिन्सको राजधानी मनिलामा आयोजित ‘एसियन समिट २०१५’मा भाग लिई विहीवार स्वदेश फर्कनुभएको छ ।

यही माघ १६ गते त्यसतर्फ जानुभएका नेता नेपालले सो संस्थाले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय पुरस्कार ‘लिडरसीप एण्ड गुड गभर्नेन्स अवार्ड’ प्राप्त गर्नुभएको थियो ।

स्वदेश फर्केपछि पत्रकारसँग कुरा गर्दै नेता नेपालले संविधान निर्माणका क्रममा दलका बीचमा देखिएका विवाद कम गरी संवादको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “आपसी बाझाबाझ गरेर मुखको स्वाद लिने काम मात्र हुन्छ । दलबीच संवादहीनता हुनुहुँदैन ।”

नेता नेपालले एमाओवादी मोर्चाले पनि धेरै दम्भ नगरी आफ्नो हैसियतलाई ध्यानमा राखेर सहमतिका लागि तयार हुनपर्ने सुझाव दिनुभएको छ ।