
– मोहन विष्ट
महेन्द्रनगर, २२ माघ । कञ्चनपुरको बेल्डाँडी गाविसमा ३ पुरुष सहित ३७ महिलाले स्थायी बन्ध्याकरण गरेका छन् ।
परियार नियोजनका साधन प्रयोग गर्न डराउने गाउँका नागरिकले स्थायी बन्ध्याकरण गरेका हुन् । बेल्डाँडीमा सञ्चालन भएको स्थायी परिवार नियोजन शिविरमा ३७ जनाले स्थायी बन्ध्याकरण गरेका हुन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय र नेपाल परिवार नियोजन संघ कञ्चनपुरको संयुक्त आयोजनामा स्थायी परिवार नियोजन शिविर आयोजना गरिएको थियो ।
बेल्डाँडी प्राथामिक स्वास्थ्य केन्द्रमा शिबिर सम्पन्न भएको शिबिरमा उल्लेख्य महिलाले चेकजाँच गराएका थिए । सन्तानको रहर पुगेका तिन पुरुष र ३४ महिलाहरुले स्थायी बन्ध्याकरण गरेको बेल्डाँडी प्राथामिक स्वास्थ्य केन्द्रका अहेब महेश खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार २५ देखि ३५ उमेर समुहका महिलाले मिनिल्याप र पुरुषले भ्याक्सोटोनिक गराएका छन् । ग्रामिण भेगमा अझै पनि यस्ता शिबिरहरु संचालन हुनुपर्नेमा स्थानियहरुले जोड दिएका छन् ।
शिबिरमा डा. नर बहादुर मौनी, जिल्ला जनस्वास्थ्य, परिवार नियोजन, बेल्डाँडी प्राथामिक केन्द्र, महिला स्वास्थ्य स्वयम सेविकाहरुहरुको समेत सहभागिता रहेको थियो ।
जनसंख्या नियन्त्रण गर्नका लागि समेत सन्तानको रहर पुगेको दम्पतीहरुले बन्धाकरण गराउनुपर्ने स्वास्थ्यकर्मीहरुको सुझाव छ ।















प्रतिक्रिया