काठमाडौं,२२ माघ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालका डिएसपी विश्व अधिकारीले दिएको जानकारी अनुसार विभिन्न ठाउँका एसपीलाई नयाँ ठाउँमा पठाइएको हो ।
सरुवा हुनेमा शिशिर कुमार कर्माचार्यलाई जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा गरिएको छ ।
यसअघि उनी महानगरीय सशस्त्र गण नं. २ महाराजगन्जमा थिए । यसैगरी हिमबहादुर लामालाई महानगरीय आयुक्तको कार्यालयबाट जिल्ला प्रहरी कार्यालय डोटीमा र डोटीका भोजजंग शाहलाई मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुर सरुवा गरिएको छ ।
अन्यलाई पनि सरुवा गरिएको छ । थप तथ्याङ्क हेर्न http://www.nepalpolice.gov.np/images/police/transfer/sp-saruwa-2071-10-21.pdf यो लिङ्कमा हेर्नुस । सरुवा भएका एसपीहरुले एक महिनाभित्र ठाउँमा हाजिर भइसक्नुपर्ने छ ।















प्रतिक्रिया