२९ आश्विन २०८३, बिहिबार

चार टिम एसपीए कप क्रिकेटको सेमीफाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

man of the match

– यमबहादुर बम
धनगढी, २२ माघ । धनगढीमा जारी एसपीए कप क्रिकेटमा पेन्टागन, होराईजन, होलील्याण्ड र सनसाईनले सेमीफाईनलको यात्रा तय गरेका छन् ।

शुक्रबार पेन्टागन, होराईजन, होलील्याण्ड र सनसाईन टिम सेमीफाईनलमा भिड्ने भएका छन् । देशकै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता एसपीए कपमा विहीबार भएको अन्तिम क्वाटरफाईनलको खेलमा आयोजक एसपीएलाई ७ विकेटले स्तब्ध पार्दै भैरहवा सेमीफाईनलमा प्रवेश गरेको छ ।

टुर्नामेन्ट कै सबैभन्दा प्रतिस्पर्धात्मक खेलमा भैरहवाको ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्दै टीमको जीत सुनिश्चित गरे । टस जितेर पहिले एसपीएलाई ब्याटिंगका लागि उतार्ने सनसाईनको दाउँ सफल देखियो ।

पहिले ब्याटिंगमा उत्रेको एसपीएले पनि निकै सुरुवात गरेको थियो ।उसका ओपनर सुवाश खकुरेलले ४८ बलमा ७ चौका र ५ छक्काको मदतले ७७ रन बनाएका थिए । त्यस्तै सरद भेषवाकरले ४७ , प्रदिप ऐरीले २६ तथा कप्तान भुवन कार्कीले २९ रन बनाएपछि एसपीएले २० ओभरमा ६ विकेट गुमाई २३९ रन बनाएका थियो ।

तर सनसाईनका म्यान अफ द म्याच समेत रहेको विदेशी खेलाडी मयंक यादवले ३३ बलमा ७७ रन प्रहार गरेपछि सो लक्ष्य उसका लागि छोटो भएको देखियो । त्यस्तै उसका सुवोध श्रीवास्तवले ४२ बलमा ८७ रन बनाएपछि उसको जीत सुनिश्चित भयो । उसका निश्चल चौधरीले ३२ तथा सुबिन शाक्यले नटआउँट १८ रन प्रहार गर्दै टीमका लागि ठुलो जीत दिलाए ।

जीतपछि कप्तान अन्तिम थापाले ब्याट्सम्यानहरुको उत्कृष्ट प्रदर्शनले जित सुनिश्चित भएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने प्रतिक्रिया दिए ।

भोली विहान पेन्टागन विरुद्ध न्यु होराईजन तथा दिउँसो होलील्याण्ड नेपालगञ्ज र सनसाईन भैरहवाबीच सेमीफाईनका खेलहरु हुनेछन ।