काठमाडौँ, २२ माघ । राष्ट्रिय जनमोर्चा नेपालले संविधानविद् र सरोकार भएकाहरुसमेतको संलग्नतामा विशेष आयोग गठन गरी संविधानको मस्यौदा निर्माण गर्न सुझाव दिएको छ ।
मुलुकको वर्तमान राजनीतिक अवस्था र त्यसको निकासका पहिल्याउनुपर्ने मार्गका बारेमा संविधान सभाध्यक्ष सुवास नेम्वाङलाई सो पार्टीले बुझाएको ज्ञापनपत्रमा ‘संविधानसभाबाट संविधान बनाउनेभन्दा प्रमुख राजनीतिक दलको ध्यान सत्ता केन्द्रित देखिएको पुष्टि भएकाले’ सङ्क्रमणकाललाई छिटो अन्त्य गर्न आयोगमार्फत मस्यौदा निर्माणको काम नै प्रभावकारी हुन सक्ने ठहर जनमोर्चाले गरेको छ ।
जनताबीच उक्त मस्यौदाको अन्तक्र्रियात्मक कार्यक्रममार्फत सुझाव सङ्कलन गर्न र जनताका समस्या लिएर सङ्घर्षरत तथा सामाजिक अस्तित्वमा रहेका सबै दलबाट पारित गरी मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट जारी गर्नु सबैभन्दा उपयुक्त विधि हुने पार्टीका महासचिव साध्यबहादुर भण्डारीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ । रासस
















प्रतिक्रिया