काठमाडौं, २२ माघ । प्रेस चौतारी नेपाल केन्द्रीय कार्यसमितिले विभिन्न व्यक्तीत्वलाई पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
प्रेस चौतारीले विहीवार आफ्नो स्थापना दिवसका अवसरमा पत्रकारिता तथा आमसञ्चारका क्षेत्रमा भूमिका निर्वाह गर्ने विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।
घोषित पुरस्कारमध्ये ‘हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार तीर्थ कोइरालालाई, ‘अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार गोविन्द पोखरेललाई, ‘वीरेन्द्र साह युवा क्रियाशील पत्रकारिता पुरस्कार’ सङ्खुवासभा युवा पत्रकार छेटु शेर्पा र ‘डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार’ रोल्पाका ईश्वरी जिएमलाई दिइने निर्णय भएको छ ।
स्थापना दिवसमा आयोजित कार्यक्रममा अध्यक्ष चौतारीका राजेन्द्र अर्यालले पुरस्कारको घोषणा गर्नुभएको हो । यस्तै, चौतारीले दार्चुला, दाङ, कास्की, चितवन र मोरङ जिल्लालाई उत्कृष्ट शाखा घोषणा गरेको छ । पुरस्कार आगामी प्रेस स्वतन्त्रता दिवस ‘मे ३’ मा प्रदान गरिनेछ ।















प्रतिक्रिया