२ कार्तिक २०८३, सोमबार

विप्लवले छाडेपछि प्रचण्डसँग एकता गर्दै ‘वैद्य बा’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baidya-parcxa

काठमाडौं, २२ माघ । आफ्नो संगठन निकै कमजोर महसुस गरेका नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलाई चिन्ता भएको छ । सचिव नेत्र विक्रम चन्द विप्लवले पार्टी छोडेर गएपछि एकलो महसुस गरेका ‘वैद्य बा’ले अब प्रचण्डसंग पार्टी एकता गर्ने मनस्थती बनाएका छन् ।

संगठन कमजोर हुदाँ राजनीति धरापमा पर्ने ‘डर’ले ‘वैद्य बा’ले प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीसंग पार्टी एकता गर्ने मनस्थती बनाएको बुझिएको छ । ‘वैद्य बा’ को माओवादीले एमाओवादीसँग पार्टी एकताका लागि शर्तहरुमा सहमति गर्ने जिम्ममेवारी पार्टीको स्थायी समितिलाई सुम्पेको छ ।

तत्काललाई भने ‘वैद्य बा’ माओवादीले आन्दोलनका मुद्दामा एमाओवादी मोर्चासँग समन्वय गरेर अगाडी बढ्ने तयारी गरेको छ । एमाओवादी अध्यक्ष प्रचण्डसँग ‘वैद्य बा’ले गरेको छलफलमा केही मुद्दामा सहमति भइसकेको बैठकमा सहभागि एक नेताले जानकारी दिनुभयो । एमाओवादीले संविधानसभा छाडे ‘वैद्य बा’ले तत्काल पार्टी एकता गर्ने तयारी गरेको बुझिएको छ । यसका लागि ‘वैद्य बा’ले पटक पटक एमाओवादीलाई संविधानसभा छाडेर आउन आग्रह गर्दै आएका छन् ।

मुख्य मुद्दा रणनीतिक कार्यनीति र संविधानसभा छाड्ने विषयमा प्रचण्ड र बैद्य माओवादीबीच सहमति हुन बाँकी छ । यो मुद्दामा सहमति भए दुवै पार्टी एक हुने निश्चित छ । अहिले ‘वैद्य बा’ माओवादी संगठन सुदृढीकरणमा लागेको छ ।
फागुन १ देखि चैत २४ गतेसम्म संघर्ष गर्नका लागि कार्यक्रम समेत तयार गरेको छ ।

यसअघि वैद्य माओवादीको केन्द्रीय समिति बैठकले ४७ जनालाई केन्द्रीय सदस्यमा नियुक्त गरेको थियो । सचिव नेत्रविक्रम चन्दले छाडेर गएपछि ‘वैद्य बा’ एक्लो भएका हुन् । विप्लवका ठाउँमा नयाँ व्यक्तीलाई सचिवको जिम्मेवारी वैद्य माओवादीले अझै दिन सकेको छैन् ।

विप्लवसहितका नेताहरु पार्टीबाट अलग भएपछि वैद्य माओवादीले केन्द्रीय सदस्य थपेको हो । सदस्य थपेर वैद्य माओवादीले १२५ सदस्यीय जम्बो टोली बनाएको छ । बैठकले आन्दोलनको रणनीति समेत तय गरिसकेको छ ।