२९ आश्विन २०८३, बिहिबार

बलिउड ‘सेक्सी हिरो’ अर्जन रामपाल पक्राउ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Arjun_Rampal

मुम्बई । भारतीय अभिनेताहरु विभिन्न काण्डमा एकपछि अर्को गरी जेल गइरहेका बेला अर्का अभिनेता पनि पक्राउ परेका छन् ।

भारतीय चलचित्र बजार बलिउडमा सेक्सी हिरोका रुपमा चिनिने अर्जुन रामपाललाई मुम्बई प्रहरीले अण्डरवल्र्ड डनलाई भेटेको भन्दै पक्राउ गरेको हो ।

आउने हप्ता उनको चलचित्र ‘राँय’ प्रदर्शनको तयारीमा छ । अहिले उनले चलचित्रको प्रमोशनमा हुनपर्ने भएपनि प्रहरीले पुछपाछका लागि हिरासतमा राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रामपाललाई मुम्बई प्रहरीले पक्राउ गरेको हो ।

दरअसल र अर्जुन रामपाल ने पछिल्लो महीना प्रहरीको अनुमति नलिएरै अण्डरवल्र्ड डन अरुण गावलीलाई भेटेका थिए । भारतमा प्रहरीको अनुमतीविना अपराधिलाई भेट्न निषेध गरिएको छ । तर त्यो नियम तोड्दै रामपालले अण्डरवल्र्ड डनलाई भेटेपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

अण्डरवल्र्ड डनलाई किन भट्यो भन्ने विषयमा उनीसंग मुम्बई प्रहरीले स्पष्टिकरण लिइरहेको छ । जेलामा कैद भुक्तान गरिरहेका अण्डरवल्र्ड डनलाई रूटीन चेकअपका लागि प्रहरीले मुम्बईको जेजे हॉस्पिटल लगेको थियो ।

त्यसैबेला अभिनेता रामपालले अण्डरवल्र्ड डन अरुण गावलीसंग भेटघाट गरेका थिए । डनसंग भेटेको खबर पाएपछि मुम्बई प्रहरीले अभिनेतालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।