२९ आश्विन २०८३, बिहिबार

रोनाल्डोको रियल मड्रिड विजयी, ४ अंक जोड्दै शिर्ष स्थानमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ronaldo-football-playar

काठमाडौं, २२ माघ । विश्व फुटबल खेलाडी स्टार क्रिस्टियानो रोनाल्डोको टिम रियल मड्रिडले बुधबार राती भएको खेलमा २–१ गोलको जित निकाल्यो । यो जितसंगै मड्रिड ४ अंक जोड्दै शिर्ष स्थानमा पुगेको छ ।

ला लिगा फुटबल अन्तर्गत बुधबार राती सेभिल्लालाई २–१ ले पराजित गर्‍यो । हिजोको खेलमा रोनाल्डोले सहभागिता जनाएनन् । यो संगै रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा चार अंकको अग्रता कायमै राखेको छ ।

लिग लिडर समेत रहेको रियल मड्रिडले हिजोको खेलमा जितका निकै संघर्ष गर्नुपर्‍यो । खेल्दाखेल्दै मैदानमै रियल मड्रिडका जेम्स रोड्रिग्बेजको दाहिने खुट्टा फ्याक्चर समेत भयो । १२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका उनले खुट्टा फ्याक्चर भएपछि २७ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

त्यसअघि नवौं मिनेटमा सर्जिओ रामोस पनि यसैगरी चोट लागेर बाहिरिए । खेलको ३६ औं मिनेटमा जोसेले गोल गरेपछि पहिलो हाफमा रियल मड्रिड २–० को अग्रता कायम गर्न सफल भयो । खेलको ८० औं मिनेटमा सेभिल्लाले एक गोल गरेपनि हार टार्न सकेन ।

जितपछि रियल मड्रिडको २१ खेलबाट ५४ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको २१ खेलबाटै ५० अंक बनाएको छ । ला लिगमा यी दुवै टिम फाइनलमा भिड्ने तयारीमा छन् ।

वार्सिलोनाका स्ट्राइकर लियानल मेसी र नेयमारले मड्रिडलाई खेलमा झट्का दिने रणनीतिमा लागेका छन् । यद्यपी अंकका आधारमा मड्रिड अग्र स्थानमा रहेकाले कस्ले जित्छ भन्न सकिने अवस्था छैन् ।