मेलम्ची, २२ माघ । सिन्धुपाल्चोक जिल्लामा मतदाताको संख्या बढेर २ लाख पुगेको छ ।
मतदाता नामावली संकलन कार्य सुरु भएपछि मतदाता संख्या बढेको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
जसअनुसार मतदाताको संख्या एक लाख ८३ हजार पुगेको छ । एक हप्ताभित्रै २ लाखको हाराहारीमा मतदाता संख्या पुग्ने निर्वाचन कार्यालयको विश्वास छ ।
मतदाता सङ्कलन तथा अद्यावधिक कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईले मतदाताको संख्या बढेको जानकारी दिनुभएको ।
अहिलेको मतदाता संख्या जिल्लाको कुल जनसङ्ख्याको ६३/१५ प्रतिशत पुग्छ । विसं २०६८ को जनगणना अनुसार जिल्लाको कुल जनसङ्ख्या दुई लाख ८७ हजार ७ सय ९८ रहेको छ ।
निर्वाचन कार्यालयले पुनः गाविसस्तरमा गएर फोटोसहितको नामावली अद्यावधिक सुरु गरेको छ । चैत १२ गतेसम्म मतदाता नामावली अद्ययावधिक गर्ने कार्यालयले ७५ गाविस र दुई नगरपालिकामा सामाजिक परिचालकलाई नामावली सङ्कलनका लागि खटाइसकेको छ ।
प्रत्येक गाविसमा नामावली सङ्कलनका लागि दुई दिनसम्म टोली बस्ने छ । नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रमका लागि पाँच टोली खटाएको छ । सङ्कलन गरिएको नामावलीका त्रुटि सच्याउने कार्य भने १० दिन अगावै स्थानीयस्तरमा आउने परिचालकसमक्ष भएको सूचीमा दाबी विरोध गर्न सक्ने निर्वाचन अधिकारी राईले जानकारी दिनुभयो ।















प्रतिक्रिया