काठमाडौं, २२ माघ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले टाउकोबाट रगत बगाएर भएपनि सुद्ध हुन चाहने बताएका छन्।
कुटीमण्डपमा बुधबारदेखि सुरु भएको नेवा तथा तामसालिङ राज्यका अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।
प्रचण्डले भने, ‘मलाई अहिले पनि सेरेमोनियल राष्ट्रपति बन भनेर प्रस्ताव आएको थियो। जनताको मुद्दा र आन्दोलनमा सम्झौता गरेर सेरोमोनियल राष्ट्रपति हुने भनेको जेलभित्र बस्नु हो, मलाई त्यो स्वीकार्य छैन भनेर जवाफ दिएँ। बरू म संघर्षमै जान्छु र टाउको फुटाउँछु। मैले यो फगत भाषण गरिरहेको छैन, साच्चै हामी विग्रिएका छौ, त्यसैले आन्दोलनमा मेरो टाउको फुटोस् भन्ने मेरो कामना छ। टाउकोबाट रगत बग्यो भने त्यसले मलाई सुद्धिकरण गर्नेछ र मलाई जनताको नेता बनाउनेछ।’ आजको नयाँ पत्रिकाले छापेको छ ।















प्रतिक्रिया