२ कार्तिक २०८३, सोमबार

संविधानसभाबाट आफूहरुलाई पाखा लगाउन खोजियो : अध्यक्ष दाहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-nepal-puspa-kamalकाठमाडौँ, २१ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दलले संविधानसभाबाट आफूहरुलाई पाखा लगाउन खोजेको आरोप लगाउनुभएको छ ।

बुधबार भृकुटीमण्डपमा आयोजित एमाओवादी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले घोषित आन्दोलनलाई निर्णायक बनाउन कार्यकर्तालाई निर्देशन समेत दिनुभभयो । एमाओवादी मध्य कमाण्डस्तरीय विशेष प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले आउँदो फागुन १६ गते गरिने विरोधसभालाई सफल पार्न आ–आफ्नो जिम्मेवारीका साथ लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रचण्डले आन्दोलनको जितको आधार काठमाडौं भएकोकाले आन्दोलनका क्रममा कोही मारिन पनि सक्ने, जेल जानुपर्ने तथा अङ्गभङ्ग हुन सक्ने भन्दै त्यसका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी आन्दोलनको कार्यदिशामा अघि बढिसकेकाले सबै शक्ति एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ नेता डा बाबुराम भट्टराईले जनताको आन्दोलनबाट मात्रै संविधानसभालाई बचाउन सकिने बताउनुभयो ।