२ कार्तिक २०८३, सोमबार

संविधानमा सबैका अधिकार समेटिने छन्ः अध्यक्ष नेम्वाङ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subasha Nembangकाठमाडौँ, २१ माघ । अब बन्ने संविधानले कुनै पनि जातजातीको अधिकारलाई कुण्डित नपार्ने संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले बताउनुभएको छ ।

अध्यक्ष नेम्वाङले आदिवासी/जनजाति, महिला, मधेसी, दलित तथा युगौँदेखि उत्पीडनमा पारिएका समुदायको अधिकार सुनिश्चित गरी जतिसक्दो चाँडो संविधान जारी गरिने बताउनुभएको हो।

बुधबार दलित नागरिक समाजले सिंहदरवारमा अध्यक्ष नेम्वाङलाई भेटेर आफ्ना अधिकार सुनिश्चितताको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । उक्त ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेम्वाङले युगौँदेखि उत्पीडनमा पारिएका दलित समुदायले भोग्दै आएका आर्थिक, सामाजिक समस्यालाई नयाँ संविधानमा समावेश गरिने प्रतिबद्धता जनाउनुभयो ।

“दलित समुदायले चरमरुपमा भोग्दै आएको जातीय भेद्भाव तथा छुवाछूतको समस्यालाई समाधान गर्न ती समुदायले मात्रभन्दा पनि सम्पूर्ण राजनीतिक दल एक हुनुपर्छ ।” अध्यक्ष नेम्वाङले भन्नुभयो ।

पहिलो संविधानसभामा भएका सहमतिलाई स्वामित्व ग्रहण गरेर अगाडि बढिरहेको अवस्थामा जतिसक्दो चाँडो संविधान निर्माणका लागि सकारात्मक दबाब दिन नागरिक समाज तथा वुद्धिजीवीसँग उहाँले आग्रह गर्नुभयो ।

समाजले दलित समुदायको लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने र सहमति र संवादबाट मात्र संविधान जारी गर्नुपर्नेलगातयका मागसहितको ज्ञापनपत्र बुझाएको थियो ।