२ कार्तिक २०८३, सोमबार

सत्तापक्ष र विपक्षीको ध्रुवीकरणले मुलुक गृहयुद्धमा फस्ने : गच्छदार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijaya-gachhadar-dainiknepalविराटनगर, २१ माघ । सत्तारुढ दल र विपक्षी दलहरुबीच बढ्दै गएको ध्रुवीकरणले राजनीतिक द्वन्द्व सिर्जना हुने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बताउनुभएको छ ।

बुधबार विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गच्छदारले सत्तापक्ष र प्रतिपक्ष दुई ध्रुवमा रहेको अवस्थाले राजनीतिक द्वन्द्व र मुठभेडको अवस्था सृजना भएमा मुलुक गृहयुद्धमा फस्ने सम्भावना देखिएको बताउनुभयो । ‘मुठभेडको स्थिती आउन नदिन सहमतिका लागि सत्तापक्षले लचिलो हुनुपर्छ ।’ उहाँले भन्नुभयो ।

सत्तापक्षका कारण सहमति बिथोलिएकाले पुनः सहमतिका लागि सत्तापक्ष अग्रसर हुनुपर्ने उहाँको भनाई थियो । अन्तरिम संविधानको मर्म र भावना र विस्तृत शान्ति सम्झौता लगायत विगतमा भएका सहमतिका आधारमा सत्तापक्षले अग्रसर भएर सहमतिबाटै संविधान जारी गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रश्नावली तयार गर्ने प्रस्ताव समितिले बहुमतका आधारमा काम अगाडि बढाएकाले द्वन्द्वको अवस्था उत्पन्न भएको उहाँको कथन छ । संविधानसभा बहिष्कार गर्ने, भाग नलिने र राजीनामा गर्ने कार्य आफूहरूबाट हुन नसक्ने जनाउँदै उहाँले यस विषयमा आफूले १९ दलको बैठकमा धारणा राखेको र सहमतिका लागि सत्तापक्ष लचिलो हुनुपर्ने तथा विश्वासिलो आधार तयार भएपछि मात्र वार्ता हुनसक्ने बताउनुभयो ।