काठमाडौँ, २१ माघ । यौन व्यवसायको मुख्य केन्द्रका रुपमा चिनिने काठमाडौंको रत्नपार्क सर्वसाधारणका खुल्ने भएको छ । सार्क शिखर सम्मेलनका बेला पुनःसंरचना तथा मर्मत सम्भारका लागि सर्वसाधारणका बन्द गरिएको रत्नपार्क आउँदो फागुन अन्तिम सातादेखि खुल्ला गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका विभागीय प्रमुख शान्ताराम पोखरेलले सार्क लक्षित ‘हरियाली काठमाडौ’ अभियानअन्तर्गत रत्नपार्क र खुल्लामञ्च लगायतका खुल्ला ठाउँमा सरसफाइ तथा पुनःसंरचना मर्मत सम्भार गरी सकेको जानकारी दिनुभयो ।
वेरोजगारहरुको जमघट हुने ठाउँको रुपमा भन्दा पनि घुमफिरका लागि आउने बालबालिकाका लागि खुल्ला गरिने उहाँको भनाइ छ । रत्नपार्कलाई कसरी सञ्चालन गर्ने भन्नेबारे कार्यविधि निर्देशिका बनाएर मात्र खुल्ला गरिने उहाँले बताउनुभयो ।
त्यसैगरी, सार्क सम्मेलन सुरु हुने बेलामा पुनःसंरचना गरिएको राष्ट्रिय सभागृह पनि विभिन्न मन्त्रालयका प्रतिनिधि सहितको निर्देशक समिति बनाएर महानगरपालिकाले नै सञ्चालन गर्ने तयारी भइरहेको विभागीय प्रमुख पोखरेलले जानकारी दिनुभयो ।















प्रतिक्रिया