२ कार्तिक २०८३, सोमबार

पशुपतिनाथमा एघार करोड एघार लाख दीप प्रज्ज्वलन गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pashupati-templeकाठमाडौँ, २१ माघ । ओम नमः शिवाय परिवार नेपालले विश्व शान्ति तथा मानव कल्याणका लागि आगामी फागुन १८ गतेदेखि एकादश कोटी महाज्योति विश्व शान्ति दीप प्रज्ज्वलन कार्यक्रम गर्ने भएको छ ।

काठमाडौँको वनकालीमा फागुन १८ देखि २७ गतेसम्म कोटीहोम तथा २८ गते पशुपतिनाथको मन्दिर परिसरमा एघार करोड एघार लाख एघार हजार १११ दीप प्रज्ज्वलन तथा दशांश जप हवन गर्न लागिएको हो ।

यहाँ बुधबार आयोजित कार्यक्रममा सो संस्थाका अध्यक्ष उमेश श्रेष्ठले समाजमा विद्यमान अन्धकार तथा अज्ञानतालाई नाश गरी मानव कल्याणका लागि सो कार्यक्रम विश्वमा पहिलोपटक गर्न लागिएको जानकारी दिनुभयो ।

धर्मगुरु स्वामी सत्यव्रतले सर्वोच्च शिखर सगरमाथा, जनक, बुद्ध, सीताको जन्म भएको देवभूमि एवम् सनातन हिन्दू धर्म संस्कृति भएको मुलुक नेपालमा धर्म धरासायी हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै सो कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको महत्वलाई बढाउने बताउनुभयो ।

प्रा भक्ति विलास दाहाल, कलाकार हृदयप्रसाद मिश्र, समाजसेवी सपना चन्दलगायतले यस किसिमका धार्मिक गतिविधिले मानव समुदायलाई विवेकशील तथा नैतिकवान बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै समग्र नेपाली आकाशमा शान्ति तथा विश्व कल्याणका लागि सो अनुष्ठान महत्वपूर्ण हुने बताउनुभयो । रासस