काठमाडौं, २१ माघ, । सत्तारुढ दलहरुले अगाडी बढाएको प्रक्रियाको विरोध गर्दै एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय सङ्घीय लोकतान्त्रिक मोर्चाले संविधानसभाको बैठक बहिष्कार गर्ने जनाएका छन् ।
मोर्चाको बैठकले प्रक्रिया स्थगित हुनपर्ने माग राख्दै माघ २२ गते सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले बोलाएको संविधानसभाको बैठक बहिष्कार गर्ने निर्णय गरेको हो । प्रश्नावली समितिको प्रस्तावमा छलफल गर्न भोली विहीबार दिउँसो १ बजे संविधानसभामा बैठक बस्दै छ ।
प्रश्नावली समितिको प्रस्तवमा छलफल गर्न बोलाइएको बैठकमा सहभागि हुदैनौ,’ मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले भन्नुभयो । मोर्चाले व्यवस्थापिका संसद अन्तर्गतका समिति बैठक पनि पनि बहिस्कार गर्ने जनाएको छ ।
















प्रतिक्रिया