२ कार्तिक २०८३, सोमबार

काँग्रेसले जिल्ला कोषाध्यक्षलाई प्रशिक्षण दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-flag_20150120101556

ललितपुर, २१ माघ । नेपाली काँग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानले काँग्रेस जिल्ला कोषाध्यक्षलाई तीन दिने प्रशिक्षण दिने भएको छ ।

प्रशिक्षण यही माघ २७ देखि २९ गतेसम्म सञ्चालन हुने केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले जनाएको छ । ७५ जिल्लाका कोषाध्यक्ष प्रशिक्षणमा भाग लिने बताइएको छ ।

प्रशिक्षणको उद्घाटन काँग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने प्रशिक्षण धुलिखेलमा हुने प्रतिष्ठानका कार्यकारी निर्देशक मधु आचार्यले बताउनुभयो ।

उहाँले विभिन्न निकायबाट प्राप्त कोषलाई सही व्यवस्थापन र पारदर्शीका लागि कसरी कोषको सञ्चालन गर्ने भन्ने विषयमा प्रशिक्षण दिन लागेको जानकारी दिनुभयो ।

प्रतिष्ठानले पार्टीका हरेक निकायलाई आवश्यक प्रशिक्षण दिँदै आएकोमा यसपटक जिल्ला कोषाध्यक्षहरुलाई प्रशिक्षण दिन लागेको हो ।

प्रतिष्ठानले यसअघि क्षेत्रीय सभापति, क्षेत्रीय सचिव लगायतलाई प्रशिक्षण दिइसकेको छ । रासस