२ कार्तिक २०८३, सोमबार

हतियारसहित तीन जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestol-goli-prahar4गौशाला, २१ माघ । महोत्तरी प्रहरीले बुधबार बिहान जिल्लाको बेलगाछी गाविसबाट हतियारसहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलगाछी गाविस–१ का शङ्कर महतो, गाविसको वडा नम्बर २ का प्रल्हाद साह र गौशाला नगरपालिका–३ का अरुण महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट नलकटुवा पेस्तोल एकथान र भरुवा गोली पाँच राउन्ड बरामद गरेको प्रहरी उपरीक्षक सौरभ राणाले बताउनुभयो । रासस