२९ आश्विन २०८३, बिहिबार

शाहरुखले सडक मिचेर बंगला बनाएको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mannatशाहरुख खानले सरकारी जमिन कब्बा गरेर घर बनाएको आरोप लागेको छ । मुम्बई स्थित बंगला ‘मन्नत’ अगाडी बनाइएको फुटपाथ सडक कब्जा बनाएर बनाइएको आरोप लागेको हो ।

यो आरोप सत्तारुढ भारतीय जनता पार्टीका युवा सांसद पूनम महाजनले लगाएका छन् । उनले मुम्बई नगर निगममा पत्र लेखेर सडक मिचेर बनाइएको फुटपाथ हटाउन माग गरेकी छिन् ।

उत्तर मध्य मुम्बईबाट भाजपा सांसद पूनम महाजन शाहरुख खानको बंगला बाहिर बनेको फुटपाथलाई हटाउनुपर्ने भन्दै नगर निगमलाई लेखेकी हुन् ।

पत्र मा महाजनले लेखेकी छिन्, ‘शाहरुखको घर नजिकैको जो लामो–चौडाईको फुटपाथ छ त्यो सड़कमाथि अतिक्रमण गरेर बनाएको हो । जो गैरकानूनी ठहरिन्छ ।

उनले सड़कमाथि भएको यस अतिक्रमणले यहांबाट चल्ने सवारीलाई अप्ठ्रो भएको बताईन् । त्यसैले यसलाईका तुरुन्त तोड्नुपर्छ । यसभन्दा पहिलेपनि शाहरुखको यो बंगला विवादमा आएको थियो ।